Kanakai Online

कोरोना संक्रमणका कारण मेचिनगरका वडाध्यक्षको मृत्यु।


शनिवार, जेठ ८, २०७८ |

जीआर धिताल

मेचीनगर,जेठ ८ । मेचीनगर–७ का अध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमण पछि विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटि हस्पिटलमा भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ ः ३० बजे निधन भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

स्वास्थ्यमा समस्या देखिपछि वैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेचे आदिबासी जनजाती संघका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आखातका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए ।

मेचेका एक श्रीमती तीन छोरा र एक बुहारी छन् । नेपाली सेनाको सहयोगमा स्थानीय निन्दा नदीमा दाहसंस्कारको तयारी भइरहेको नगरपालिका स्रोतले बताएको छ ।