Kanakai Online

दुबै मृगौला बिग्रिएपछि सुरुङ्गाकी सुधाको जीवन रक्षाको अपिल


शनिवार, जेठ ८, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ की सुधा दर्जीको ३१ बर्षको लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबैवटा मिगौला बिग्रिएपछि कमजोर आर्थिक अवस्थाकी दर्जीले आफ्नो जीवन बचाईदिन सबैसग अनुरोध गरेकी छिन ।
कनकाई ३ रेडक्रस टोलकी दर्जीको डेढ महिना पहिलेमात्रै नोबेल अस्पताल बिराटनगरले दुबै मृगौला बिग्रिएको र कहि महिना डाइलोसिस गर्नुपर्ने र त्यो पनि रिकभर भएन भने मृगौला फेर्नुपने बताएको सुधाका श्रीमान प्रकाश दर्जीले बताउँनुभयो । कोरोना महामारीका कारण उपचार डाइलेसिसका लागि भद्रपुरस्थित ओमसाई अस्पतालमा जादा पालो कुर्नुपर्ने भन्दै एक पटकको ८ हजार लिने गरेको पिडितका जेठाजु प्रेम दर्जीले बताउँनुभयो । हामीसग भद्रपुरसम्म जानेआउने पनि पैसा हुदैन सम्पत्तिका नाममा सानो घर र १० धुर जमिन मात्रै रहेको बताउँदै हप्तामा २ पटक अनिवार्य डाइलोसिस गर्नुपरेको र भद्रपुर सम्म जान आउन अटोरिक्सा भाडा र हरेक पल्ट डाइलोसिसको चर्को शुल्क बुझाउन नसक्दा महामारीकै वेला आफुले कलिलै उमेरमा ज्यान गुमाउनु पर्ला कि भन्ने पिर भएको सुधाले कनकाई अनलाईनसग बताउँनुभयो ।
दुई साता पहिले महामारीकै वेला स्थानीय छिमेकीले ४५ हजार रुपैँया चन्दा संकलन गरेर दिएकोमा त्यो रकम पनि भद्रपुरसम्मको भाडा र डाइलोसिस गर्दा दिदा दिदै सकिएको पिडितको श्रीमान प्रकाशले बताए । हामीले सुनेका थियौ डाइलेसिस निशुल्क हुन्छ रे तर हामी गरिवका लागि त निशुल्क होइन रहेछ उनले भने । आफुले पटक पटक नगरपालिका र स्वास्थ्यको सिफारिस लिएर जादा पनि तिम्रो पालो आएपछि बोलाउँछौ भन्छन पैसा तिर्दा तुरुन्त हुन्छ । सहयोग माग्न घरघर जादा पनि कोरोनामा किन हिडेको भनेर प्रहरीले हप्की दप्की गर्छन हामी गरिबले कसरी हो बाच्ने प्रकाशले भने । केहि बर्ष पहिले रोजगारीका लागि साउदी अरबको मरुभुमिमा पुगेका प्रकाश भेडा चराउने कठिन काममा पुगे घरपरिवारसग पनि लामो सम्पर्क हुन नपाएपछि एक बर्षपनि पूरा नबस्दै नेपाल फर्केका हुन । हाल बजारमा जुत्ता सिलाएर परिवारको जिविको पार्जन गर्दै आएको दर्जी परिवार हाल लकडाउनले गर्दा जुत्ता सिलाउन बजारमा जान नपाएको महिनौ बितिसकेको छ । यसविचमा डेढ महिनादेखि श्रीमतीको डाइलोसिसको खर्च थपिएपछि सहयोगीहरुको सहयोग नपाए मृत्यु कुर्न बाध्य छ ।
पिडित परिवारले आफुहरुलाई सरकारले दिएको निशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसग अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरुले सुधाका जेठाजु प्रेम दर्जीको मोवाइल नम्बर ९८१५९७४१३८ मा सम्पर्क राखिदिनुहुन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर