मोरङ,जेठ ७।औषधि कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिराहा धनगडीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर भई हाल मोरङ बिराटनगर महानगरपालिका-३ को बिराट अस्पताल नजिक फार्मेसी संचालन गरि बस्ने २२ वर्षीय रबिन्द्र महतो रहेका छन।
महतोले सिराहा बरीयारपट्टि गाउँपालिका-३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई गत बैशाख २५ गते देखि ३० गते सम्म औषधि बिक्री गर्दा दुइवटा खाता बनाई एउटा खातामा औषधीको बास्तबिक मूल्य लेख्ने र अर्को खातामा बढी मूल्य लेख्ने र ग्राहकलाई त्यही बढी मुल्यको खाता देखाई औषधि बेच्ने गरेको तथ्य प्रारम्भिक अनुषन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरिक्षक मान बहादुर राईले बताउनु भयो।
बिहिबार अन्दाजी ५ बजे फार्मेसीबाटै पक्राउ परेका महतोका बिषयमा थप अनुशन्धान सहित कारबाही प्रकिया अघि बढाइएको प्रहरीले जनाएको छ।