Kanakai Online

साधुसन्त असाहयलाई लक डाउनमा भोजन खुवाउदै युवाको टिम


शुक्रवार, जेठ ७, २०७८ |

लीलाराज झापाली
लक डाउनमा परि हिडडुल गर्न र भिक्षा माग्न नपाउदा समस्यामा परेका साधुसन्तहरुलाई यहाँस्थित युवाको समुहले निशुल्क भोजनको व्यावस्था गरेको छ ।


लक डाउन सुरु भएपछि नै मारवाडी युवा समाज बिर्तामोड, कलकत्ता मिष्ठान भण्डार बिर्तामोड र सोसल वेल फेयर फाउण्डेशद्धारा झापाको बिर्तामोड, लक्ष्मीपुर, दुर्गापुर, सुरुङ्गा हुदै कनकाई माईको किनार कोटीहोममा बस्दै आएका सडक मानव र साधु सन्तलाई नियमित खाना खुवाउदै आउनुभएको छ । हाल दैनिक सय जनालाई विहान वेलुकीको खाना खुवाउदै आएको सोसल फाउण्डेशनका अध्यक्ष विवेश शाहले बताउँनुभयो ।


कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रमा मात्रै ५० जनाजति साधुसन्तहरु कनकाई माई किनारामा बस्दै आएका छन । त्यहाँ बस्ने साधुसन्तहरु घरघरमा गएर भिक्षा मागेर तथा कनकाई नदिमा स्नान गर्न आउने भक्तजनहरुले दिएको चामल र पैसाबाट जिविका चलाउदै आएका थिए । तर लकडाउनका कारण कनकाई माईमा भक्तजनहरु त्यहाँ आउन छाडेको र घरघरमा गएर भिक्षा माग्न समेत लकडाउनका कारण हिडडुल गर्न नपाएकोले यहाँका साधुसन्तहरु समस्यामा रहेको स्थानीय युवा गोविन्द सुवेदीले बताउँनुभयो । सुवेदी, निलम ढकाल लगायातको सहजीकरणमा यहाँको साधुसन्तहरुले खाना पाइरहेका छन ।
काम नचल्दा रोजीरोटीमै समस्या भएकाहरुका लागि समेत हाल युवा समुह घरघरमै गएर खाना प्याकिङ्ग गरेर पुर्याउने गरेको कलकत्ता मिष्ठान भण्डारका संचालक पवन शर्माले बताउँनुभयो । यो अभियान लकडाउन चलुन्जेलसम्म जारी राखिने अभियानकर्मी प्रज्वल कड्रियाले बताउँनुभयो ।
यता लामो समयदेखि कनकाई माईमा भक्तजन आउन छाडेपछि आफुहरु भोकभोक्कै पर्न थालेपछि युवा समुहबाट दैनिक विहान वेलुकी खाना आउन थालेको साधु सन्तले बताउँदै आएका छन । कोटीहोम क्षेत्रमा विहान र वेलुकी अलग अलग युवा समुहले दैनिक खाना खुवाउदै आएको कनकाई ३ का युवा गोविन्द सुवेदीले बताउँनुभयो ।

बिर्तामोड बाट पुर्वका स्थानमा असक्तहरुलाई नियमित खाना खुवाउदै आइरहनुभएका टोलिका संयोजक सन्जिव मैनालीले दैनिक खाना खुवाउने अभियानमा कोही जोडिन चाहेमा मारवाडी युवा मञ्च वा पवन शर्मा संग सम्पर्क गर्न र सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।