झापा,जेठ ७।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन।संस्थाले सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी र तिरिङ त्यस्तै सोही क्षेत्रका प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन।
संस्थाले सुरक्षाकर्मीहरुलाई १ थान पल्स अक्सिमिटर,८०० थान मास्क,५५ बोतल सेनिटाइजर,१०० थान ग्लोब र ३६ थान फेस शिल्ड वितरण गरेको क्लबका अध्यक्ष विवेक श्रेष्ठले बताए।उनले बढ्दो कोरोना भाइरस संक्रमणमा ध्यानमा राखेर सुरक्षाकर्मीलाई काममा सहज होस भनी स्वास्थ्य सामग्री वितरण गरेको बताए।
बिहिबार एक विशेष कार्यक्रमका बिच गरिएको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मेची उद्योग वाणिज्य संघका प्रतिनिधि दिपेन्द्रराज पाण्डे,रबि नेपाल लगायतको उपस्थिति रहेको थियो।