कनकाई अनलाईन
कनकाई नगर अस्पतालमा संचालित कोरोना अस्पतालका लागि कनकाई ८ का समाजसेवी चन्दमोहन उप्रेतीले २ थान अक्सिजन ग्यास सिलिण्डर उपलब्ध गराउँनुभएको छ ।
उप्रेतीले आफुसग भएको उक्त ग्यास सिलिण्डर यस क्षेत्रका युवाहरु नेपाल खेलकुद महासंघका सचिवालय सदस्य रविन खरेल र केन्द्रीय सदस्य तुलसी सिटौलाको संयोजनमा आफुसग भएको दुईवटै अक्सिजन सिलिण्डर ग्यास कनकाई नगर अस्पतालमै ल्याएर प्रदान गरेको बताउँनुभयो ।
अक्सिजन ग्यास अस्पतालमा जिम्मा बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यो महाविपत्तिका वेला सबैको साथ सहयोग आवश्यक रहेको बताउँनुभयो ।
अस्पतालका लागि अझै केहि थान अक्सिजन आवश्यक रहेकोले आफुसग भएको उद्योग कलकारखानाकै भएपनि यो आपत्तिका वेला अक्सिजन सिलिण्डर दिएर सहयोग गर्न सबैसमक्ष नगरप्रमुख पोखरेलले अनुरोध गर्नुभएको छ ।