रोट्रयाक्ट क्लब इटाभट्टाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग


झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन।संस्थाले नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दामा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन।

संस्थाले सुरक्षा कर्मीहरुलाई १ थान पल्स अक्सिमिटर,१ थान थर्मल गन,२०० थान मास्क,१० बोतल सेनिटाइजर र १३ थान वितरण गरेको क्लबका अध्यक्ष विवेक श्रेष्ठले बताए।बढ्दो कोरोना भाइरस संक्रमणमा ध्यानमा राखेर सुरक्षाकर्मीलाई काममा सहज होस भनी स्वास्थ्य सामग्री वितरण गरेको श्रेष्ठले बताए।

समाजमा सामाजिक कार्यमा अग्रसर रहने क्लबले यस अघि समेत इटाभट्टा स्थित सशस्त्र प्रहरी पोस्टलाई ३०० थान मास्क, ९ थान फेस सिल्ड, ७ लिटर स्यानीटाईजर सहयोग गरी सकेको छ।


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू