Kanakai Online

कनकाई मावि ब्याज २०५७ द्धारा अक्सिजन सहयोग


सोमवार, जेठ ३, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई माध्यमिक विद्यालयको २०५७ ले २ थान १० लिटरको अक्सिजन ग्यास प्रदान गरेको छ ।
उक्त अक्सिजन ग्यास खरिदका लागि नगद ४२ हजार रुपैँया आज विशेष कार्यक्रमका बिच भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारी र सदस्यहरु प्रकाश पाठक, भीष्म कट्टेल र पत्रकार महासंघ प्रदेश नम्बर एकका कार्यसमिति सदस्य समेत रहेका लीलाराज झापालीले हस्तानतरण गर्नुभयो । हस्तानतरण कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोस आचार्य लगायातको समेत सहभागिता रहेको थियो ।
१० लिटरका २ थान सिलिण्डरको रकम बुझ्दै कनककाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस विपदको घडीमा दिल खोलेर सहयोग गर्ने सबै कनकाईका २०५७ ब्याजका बिद्यार्थीलाई धन्यावाद दिनुभयो । नगरप्रमुख पोखरेल समेत कनकाई माविकै पहिलो एसएसलसी ब्याजका बिद्यार्थी रहनुभएको छ ।
यता भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले आफुहरुले प्रत्येक विद्यार्थीबाट ग्रुप च्याटकै भरमा यस संकटको वेला रकम संकलन गरि उक्त रकम कनकाई नगरपालिकालाई हस्तानतरण गरेको र आफुले दिएको अक्सिजनबाट कम्तीमा ४ जनाको भएपनि ज्यान बचाउन पाएकोमा आफ्नो ब्याजका सबै साथीहरुलाई आभार प्रकट गर्नुभएको छ । अध्यक्ष भण्डारीले आफुहरुसग अझैपनि विद्यार्थीहरुको सहयोग रकम संकलन भइरहेको भन्दै अझैपनि कोरोना लागेर पोसिलो खानेकुरा खान नपाएर छटपट्टाई रहेका कनकाई नगरपालिका क्षेत्रका नागरिक र आफ्ना ब्याजका विद्यार्थीहरुका लागि सहयोग निरन्तर जारी राखिने बताउँनुभयो ।

सम्बन्धित खबर