अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कोरोका कारण मृत्यु


कनकाई अनलाईन
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ ।

प्रमुख प्रशासकिय अधिकृतको २० दिनअघि स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । लामो समयदेखि उपचार गरिरहँदा पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

खाम्याहाङको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि ३ दिन अर्जुनधारा नगरपालिकाको होम आइसोलेसनमा रहनुभएको थियो । ५१ वर्षीय खाम्याहाङको उपचारकै क्रममा सोमवार दिउसो साढे २ वजे बीएन्डसी अस्पतालमा मृत्यु भएको हो

संखवासभा निवासी उनका श्रीमती, २ छोरा र एक जना छोरी छन् ।


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू