झापा गाउँपालिकामा निषेधाज्ञामा ब्राउनसुगर सहित तिन जना पक्राउ


झापा,जेष्ठ-३ गते ।झापाको झापा गाँउपालिका-२ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन ।

पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू