बुद्धशान्तीका जनप्रतिनिधिले एम्बुलेन्स बनाउँछु भनेको गाडी प्रहरी फन्दामा


कनकाई अनलाईन
बुद्धशान्ती गाउँपालिकाले एम्बुलेन्स बनाउने निर्णय गरेको सवारीलाई प्रशासकिय अधिकृतले व्यक्तिगत कामको लागि प्रयोग गरेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भएका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं सो गाडी लिएर घर गएको गाउँपलिकाकी उप प्रमुख मिरा भुर्तेलले जानकारी दिईन ।

“श्रीमती बिरामी भएकोले आईतबार आउँछु भन्दै शुक्रबार घर९काठमाडौं० जानु भएको हो ।” उप प्रमुख भुर्तेलले भनिन् “जनताको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनेर निर्णय भएको थियो, लिएर जानु भएछ तर वहाँसंग सम्पर्क हुन सकेको छैन् ।”

देशैभरि कोराना माहामरीका कारण बिरामी परेकाहरुलाई पालिकाहरुका प्रमुख र उप प्रमुखले प्रयोग गर्ने सवारीहरु एम्बुलेन्सको रुपमा प्रयोग भैरहेको अबस्थामा बुद्धशान्तिका प्रशासकिय अधिकृतले चाहिं ब्याक्तिगत काममा पालिकाको सवारी प्रयोग गरेको खुलेको हो ।

केहि दिन पहिले पालिकाले अध्यक्ष रमेश कुमार भुजेलले प्रयोग गर्ने प्र १(०१(००१झ २२२२ र उपाध्यक्ष मिरा भुर्तेलले प्रयोग गर्ने मे १ झ १४४ नम्बरको सवारीलाई कोभिडको महामारीभरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको थियो ।

देशैभरि कोराना माहामरीका कारण बिरामी परेकाहरुलाई पालिकाहरुका प्रमुख र उप प्रमुखले प्रयोग गर्ने सवारीहरु एम्बुलेन्सको रुपमा प्रयोग भैरहेको अबस्थामा बुद्धशान्तिका प्रशासकिय अधिकृतले चाहिं ब्याक्तिगत काममा पालिकाको सवारी प्रयोग गरेको खुलेको हो ।

उता चापागाईले ब्याक्तिगत काममा प्रयोग गरेको मे १ झ १४४ नम्बरको सवारी बिना पास चलाईएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भुर्तेलका अनुसार चापागाईंसंग सम्पर्क हुन नसके पछि सो गाडीका चालकलाई सम्पर्क गर्दा गडि प्रहरीले नियन्त्रणमा लिएको भनेको बताईन् । यस विषयमा बुझ्न प्रमुख प्रशासिकय अधिकृत चापागाईंसँग मोबाइल नं। ९८५२६५५५५० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

केहि समय पहिले सोहि पालिकामा उपप्रमुखले प्रयोग गर्ने सवारी खरिद गर्ने सम्बन्धमा विवाद भएको थियो । सो विवाद सेलाउन नपाउँदै सोहि सवारीलाई प्रशासकीय अधिकृतले व्यक्तिगत कामको लागि लिएर गएको स्थानिय राजनितीक दलले आरोप लगाएका छन् । (संसार न्युजबाट साभार )


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू