तपाईको यो साता


सुर्यप्रसाद कुइकेल

साताका चाडपर्वदिवसहरु
२ गतेः रामानुजाचार्य जयन्ती
३ गतेः दुरसञ्चार दिवस
६ गतेः सीता जयन्ती ÷ गोरखकाली पूजा
८ गतेः मोहिनी एकादशी ÷ जैविक विविधता दिवस
साताका मुहूर्त —
अन्नप्राशन मुहूर्तः ३ गते
विवाह मुहूर्तः ७, ८ गते
गृहप्रवेश मुहूर्तः ८ गते
साप्ताहिक राशीफल २ —८ जेठ , २०७८
मेषः साताको शुरुवातमा द्रव्यलाभ होला । अचल सम्पत्तीको सुखभोग हुने योग छ ।छोटा यात्रा होलान । सोमबार र मंगलबार स्वास्थ्य सम्बन्धि चिन्ताले सताउला । तर प्रेम जीवनमा उमंग छाउनेछ । समय मनोरञ्जनपूर्ण व्यतीत हुनेछ । अािर्थक कारोबारहरु तपाईँको पक्षमा हुनेछन् । प्रतिष्पर्धामा विजयी भइएला । मध्यसाताबाट स्वास्थ्य सम्बन्धि समस्याहरु पनि टरेर जानेछन् ।
बृषः अािर्थक हिसाबले साता बलियो छ । वाणीमा मधुरता आउला । मित्रहरुको मदत मिल्नेछ । पारिवारिक सुख मिल्ने साता हो । बुधबार अपरान्हदेखि शुक्रबारसम्म श्वासप्रश्वास सम्बन्धि समस्याले सताउने देखिन्छ । साताको उत्तरार्ध राम्रो भएर जानेछ । विद्यामा सफलता र सन्तान सुख प्राप्त हुने समय छ ।
मिथुनः साता फलदायी रहनेछ । शरीर स्वस्थ र फुर्तिलो रहनेछ । मनोरञ्जनमा समय बित्ला । शेयर कारोबारको लगानीबाट फाइदा हुनेछ । भाइबहिनीको सहयोग प्राप्त हुनेछ । पराक्रममा वृद्धि भएर जानेछ । गृहस्थी सुखमा मन रमाउनेछ । रमाइलो यात्रा होला । साझेदारी काममा सफलता मिल्नेछ । साताको अन्त्यमा केही अस्वस्थताले सताउला ।
कर्कटः साताको शुरुवातमा शारीरिक आलस्यताले सताउने देखिन्छ । अनुत्पादक क्षेत्रमा धन खर्च होला तर बाँकी दिनहरु फलदायी छन् । स्नायु प्रणालीसम्बन्धि रोगहरुबाट छुटकारा मिल्नेछ । रमाइलो जमघटमा सरिक भइएला । प्रशस्त धनलाभको समय हो । संगीतको क्षेत्रमा काम गर्नेहरुलाई विशेष समय छ । तपाईँको शुभकामको चर्चा चल्ने समय हो ।
सिंहः आम्दानीका विविध बाटाहरु खुलेका छन् । मनोकामना पूर्ण भएर जाने समय आएको छ । दाजुदिदीका तर्फबाट विशेष राम्रो हुँदैछ तपाईँलाई । सोमबार र मंगलबार केही प्रतिकूल समय छ । तर बााकी सबै दिनहरु शुभ छन् । इच्छाशक्तिमा प्रबलता छाउनेछ । बोलीका भरमा धेरै कामहरु बन्नेछन् । पारिवारिक सम्बन्धमा मधुरताको उचाई बढ्नेछ । मानसम्मान प्राप्त होला ।
कन्याः सुख वृद्धि भएर जानेछ । प्रशासनिक सेवाक्षेत्रमा बिशेष सफलता मिल्नेछ । पद प्रतिष्ठा प्राप्त हुनाका साथै पिताको सुख मिल्ने समय हो । कर्मसिद्धिका कारण अभीष्टहरु पूर्ण भएर जानेछन् । आम्दानीमा बढोत्तरी भएर जानेछ । प्रतिष्ठा प्राप्तिको समय हो । बुधबार अपरान्हदेखि शुक्रबारसम्म नसोचेको ठाउँमा धनखर्च होला । शारीरिक बेचैनी तथा आलस्यताले सताउला । शनिबारदेखि फेरी राम्रो समय आउनेछ ।

तुलाः भाग्योदयको समय छ । धार्मिक यात्रा होला । दानपुण्यमा मन जाने देखिन्छ । बैदेसिक यात्राको योग देखिन्छ । व्यापार, उद्योग आदिमा गरिएको लगानीबाट उचित प्रतिफल मिल्नेछ । मनमा सुखशान्तिको महसुस हुनेछ । बाहन तथा बहुमूल्य वस्तु प्राप्त हुने समय रहेको छ । परिवारका ज्येष्ठ सदस्यहरुको अशीर्वाद मिल्नेछ ।साताको अन्त्यमा अनावश्यक खर्च बढ्ने तथा शारीरिक शिथिलताले सताउने देखिन्छ ।
बृश्चिकः साताको पहिलो दिन अस्वस्थताले सताउने देखिन्छ । चेलीबेटीका तर्फबाट कुनै अप्रिय समाचार आउला ।आर्थिक समस्या झेल्नुपरेपनि सोमबारबाट भाग्योदय हुनेछ । धार्मिक कृत्यमा मन जाला । पुत्रसुख मिल्नेछ । सार्वजनिक पद प्रतिष्ठा मिल्ने समय हो । जागीरमा पदोन्नतिको समय छ । मावलीका तर्फबाट शुभ समाचार प्राप्त होला । आम्दानी बढेर जानेछ ।
धनुः साझेदारीका कामले सफलता दिलाउनेछ । दाम्पत्य सुख प्राप्त हुने समय हो । सोमबार र मंगलबार गुप्त रोग बल्झिनाले समस्या झेल्नुपर्ला । चोटपटक तथा दुर्घटनाको संभावना छ ।बुधबारदेखि राम्रो समय आउनेछ ।पिताको सुख मिल्नेछ । पशुचौपायाबाट राम्रो आम्दानी हुनेछ ।सन्तानपक्षबाट सन्तोष मिल्नेछ । स्थीर सम्पत्तीको सुख मिल्ने समय छ ।
मकरः आर्थिक कारोबार फस्टाएर जानेछ । प्रवासको योग देखिन्छ । सामान्य अस्वस्थताको समय रहेपनि परीक्षा प्रतियोगितामा विजयप्राप्तिको योग छ ।व्यापारमा लाभ मिल्नेछ । दीर्घकालिन फाइदा हुने कामको जग बसाउने समय रहेको छ ।बुधबार अपरान्हदेखि शुक्रबारसम्म यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ । चोटपटकको संभावना रहेको छ । शनिबारदेखि भाग्योदय र सन्तानसुखको समय छ ।
कुम्भः आँटेका योजनाले पूर्णता पाउलान । प्रेमजीवनमा मधुरता छाउनेछ । उपहार, चिठ्ठा आदिमा गरिएको लगानीको प्रतिफल मिल्ने समय हो । मनोरञ्जनपूर्ण समय व्यतित होला । आम्दानीको पाटो बलियो छ ।श्रम अनुसारको प्रतिफल मिल्नेछ । पति पत्नीबिचको सम्बन्धमा मधुरता छाउला । साताको अन्तिम दिन थकान महसुस र आकस्मिक अस्वस्थताको शिकार हुने संभावना देखिन्छ ।
मीनः साताको पहिलो दिन श्वनसप्रश्वास सम्बन्धि समास्याले सताउने देखिन्छ ।तर बाँकी दिनहरु शुभ बित्नेछन् ।सन्तानको प्रगतीमा मन रमाउला । विशिष्ट व्यक्तिहरुसँग सम्बन्ध बढ्नेछ । वित्तीय क्षेत्र पनि राम्रो छ । सन्तानको धनको सुखभोग मिल्ने समय छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।शत्रुमाथी विजय प्राप्त हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू