झापा, २ जेठ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उच्च रहेको अस्पतालले दावी गरेको छ ।दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा प्रदान भइरहेको हुँदा जटिल सङ्क्रमितको मृत्युदर अत्यन्त न्यून रहेको अस्पतालको दावी छ ।
अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन, कास्की , बाँके, मुगु, डोटी र कैलालीलगायत जिल्लाका सङ्क्रमित उपचाररत छन् ।महँगो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आईसीयू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि सङ्क्रमित बीएन्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।
अहिले भर्ना भएका सङ्क्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ ।शनिबार मात्र जनता बैँकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।
बीएन्डसी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बीएन्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि अति आवश्यक पर्ने भेन्टिलेटर, एचडीयू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ ।’
अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० शय्या सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बीएन्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसीयू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएन्डसी अस्पतालमा गरी कूल ९ सय शय्या छ । ‘महामारीसँग जुध्न ¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक प¥यो भने सबै शय्या उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ,’ कार्यकारी निर्देशक प्रसाईँले भने ।
विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको अस्पतालले जनाएको छ ।विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले स्वास्थ्य स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।
उनले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापि स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ।’
कार्यकारी निर्देशक प्रसाईँले सङ्क्रमितका उपचारमा बीएन्डसीले आफ्नो उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ प्रयास गरिरहेको र राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्ने तयार रहेको विज्ञप्तिमा जनाउनुभएको छ ।
उनले भनेका छन्, ‘विपद्का समयमा राज्यले के दियो र के ग¥योभन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।’ अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ ।
अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भन्नुभयो, ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी÷एमएससमेत अध्यापन गराउन सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ’ती अध्यापनका लागि कलेज सम्बन्धन पर्खाइमा छ । स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व पाउने जनाइएको छ (रासस)