Kanakai Online

कनकाईका १७ र झापाका ११ सहित झापामा थपिए २७६ जना संक्रमित


बिहिवार, वैशाख ३०, २०७८ |

झापा,बैशाख ३० । । पछिल्लो २४ घण्टामा झापाका २७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षणबाट २३२ र एन्टिजेनका ४४ जनामा संक्रमण पुष्टि भएकोे हो ।

सबैभन्दा बढी दमक नगरपालिकाका ३४ महिलासहित ८८ जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार एन्टिजेनका ६ सहित बिर्तामोडका ५२ जनामा संक्रमण भएको छ । जसमा ३२ जना महिला संक्रमित भएका छन् ।

यसैगरी, मेचीनगरका ८ महिलासहित २४ जना, कनकाईका ५ महिलासहित १७ जना, शिवसताक्षीका ८ महिलासहित १४ जना, अर्जुनधाराका ४ महिलासहित १४ जना, बुद्धशान्तिमा ४ महिलासहित ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईंका अनुसार कमल गाउँपालिकाका ४ महिलासहित ९ जना, झापा गापामा ६ महिलासहित ११ जना, गौरीगञ्जमा एक महिलासहित ३ जनामा संक्रमण भएको छ ।

यस्तै, भद्रपुरमा ३ महिलासहित ७ जना, गौरादहमा ४ महिलासहित ७ जना, कचनकवलमा १ पुरुष, बाह्रदशीमा ५ महिलासहित १० जना र पालिका नखुलेका २ महिलासहित ७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ७ हजार २२० पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ४ हजार ७२७ रहेको छ । एन्टिजेनतर्फ संक्रमितको संख्या ३४९ पुगेको छ भने ३३ जना डिस्चार्ज भएका छन् ।

बितेको २४ घण्टामा झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा एन्टिजेन पोजेटिभ भएका तीन जना रहेका छन् ।जसमा बिर्तामोड ४ का ९० वर्षीय पुरुष, मेचीनगर ६ का ९० वर्षीया महिला र मेचीनगर १० का ६३ वर्षीय पुरुष छन् । यस्तै, पीसीआर पोजेटिभतर्फ गौरीगञ्ज ६ का ७२ वर्षीय पुरुष र कनकाई ७ का ६० वर्षीय पुरुषको ज्यान गएको छ ।