झापा, २९ वैशाख । कोरोना संक्रमणका कारण मेचीनगरमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले बताएका छन् ।
मृत्यु हुनेमा मेचीनगर १० का राजवंशी थरका ३९ बर्षिया महिला र श्रेष्ठ थरका ६० बर्षिय पुरुष रहेको वडा अध्यक्ष पनेरुले जानकारी दिए । पनेरुका अनुसार हिजो बेलुका करीब ८ बजेको समयमा २ जनाको मृत्यु भएको हो ।
महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटि अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । योसंगै कोरोना कारणबाट मेचीनगरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि मेचीनगर ६ का ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।