कनकाई अनलाईन
खाद्यान्न , औषधि तथा खाना पकाउने ग्यास लगायातको कृतिम अभाव र लक डाउनका कारण मुल्य वृद्धि भएको जनगुनासो आएपछि कनकाई नगरपालिका र प्रहरीले आज सुरुङ्गा बजारको छडके अनुगमन गरेको छ ।
कनकाई नगरपालिका बजार अनुगमन समितिका संयोजक मन्जु प्रसाईको सयोजकत्वमा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार न्यौपाने , अधिकृत विवेक भण्डारी , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदयसंम्सेर राणा, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारी, कनकाई उद्योग वाणिज्य संघका अर्जुन बोहरा, अनिल गोयल लगायातको टोलीले सुरुङ्गा बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमा धेरै पसलहरुमा मुल्य सुची नराखिएको र सामाग्रीको मुल्यमा समेत एकरुपकता नपाइएको, कतिपय खाद्य तथा पेय पदार्थहरु समय सकिएको बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउँनुभयो ।
उनीहरुलाई एकपटक सजग गराइएर कागज गराई छाडिएको समेत न्यौपानेले बताउँनुभयो । लकडाउनका वेला अत्यावश्यक सामाग्रीहरु विक्रिका लागि नगरपालिकाले विहान ६ बजेदेखि १० बजेसम्मका लागि समय तोकेको छ ।
यता नगरपालिकाको अनुगमन टोलीले दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा लगायातका बजारको समेत अनुगमन गर्ने कनकाई नगरपालिकाकी उपाध्याक्ष तथा बजार अनुगमन समितिकी संयोजक मन्जु प्रसाईले बताउँनुभयो ।