Kanakai Online

एक महिला झुण्डिएको अवस्थामा मृत फेला।


सोमवार, वैशाख २७, २०७८ |

शरणामती,बैशाख २७।झापा गाउँपालिका-६ स्थित शरणामतीमा एक ३० वर्षीया महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

शरणामती घर भएकी संगीता प्रसाईं सिटौला सोमबार बिहान आफ्नै घरको कोठाको झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।बिहान ११ बजेको समयमा सिटौला झुण्डिएको अबस्थामा मृत देखेपछी स्थानियले प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ।

मृतकको शव पोष्टमार्टम का लागि भद्रपुर पठाइएको र घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।