झापा,बैशाख २५ ।झापामा संक्रमितको संख्या बढे संगै निको भएर घर फर्कनेको संख्या पनि बढेको छ ।झापामा कुल संक्रमितको संख्या ६ हजार ११४ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ हजार ५९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा झापामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ८४ महिला १०५ जना पुरुष छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार एन्टिेजन परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएको संक्रमितमध्ये दमक नगरपालिकाका सबैभन्दा बढी ४३ जना रहेका छन् । जसमा १९ महिला र २४ जना पुरुष रहेका छन् ।यसैगरी, बिर्तामोडमा १७ महिलासहित ३२ जना, दमकमा १० महिलासहित २५ जना, कनकाईमा १० महिलासहित २० जना, मेचीनगरमा १० महिलासहित १९ जना, अर्जुनधारामा ५ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।
यस्तै, गौरादहमा ४ महिलासहित ८ जना, बुद्धशान्तिमा ३ महिलासहित ७ जना, शिवसताक्षीमा १ महिलासहित ६ जना, हल्दिबारीमा ३ पुरुष, गौरीगञ्जमा २ पुरुष, कचनकवलमा १ महिला, १ पुरुष, कमल र बाह्रदशीमा १-१ महिला, झापामा १ पुरुष रहेका छन ।ठेगाना नखुलेका २ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा कुल संक्रमितको संख्या ६ हजार ११४ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ हजार ५९२ रहेको छ । यस्तै, आजै दुई संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ८ की ८३ वर्षीया र बिर्तामोड ५ की ६२ वर्षीया बृद्धाको ज्यान गएको छ ।