ज्ञानु घिमिरे पाचँथर,बैशाख २५।
पाँचथर जिल्लाको फिदिम बजार गोसलाइन स्थित दावा शेर्पाको घरमा आगलागी हुँदा ३१ लाख ३१ हजार रुपैंयाको क्षति भएको छ । प्रहरी नायक उपरीक्षक किसोर कुमार श्रेष्ठका अनुसार दुई तले टिनको छानो भएको सो घरमा ६ परिवारको बस्दै आएका थिए ।
बिहानको समयमा बिजुली सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घरधनी शेर्पाको ७ लाख ५० हजार रुपैयाँ क्षति भएको छ । भने सोही घरमा डेरा बस्दै आएका तारा भुजेलको २ लाख रुपैयाँ, खड्गवहादुर गुरुङको ६ लाख ६० हजार रुपैयाँ , जितवहादुर मिफोकको २ लाख ४० हजार रुपैयाँ, कुलबहादुर मगरको ३ लाख रुपैयाँ , मनवहादुर सुनारको ३ लाख ७२ हजार, र इन्द्रकुमार योक्पाङदेनको ३ लाख ५९ हजार रुपैयाँ क्षति भएको बताइएको छ ।
यातायात मजदुर संघको कार्यालय समेत रहेको शेर्पाको घरमा २ लाख ४० हजार रुपैयाँ मुल्यक मुलवरावरका फर्निचर समेत पुर्ण रुपमा जलेको बताइएको छ ।