Kanakai Online

पौडी खेल्दा डुबेर मृत्यु


मङ्गलवार, वैशाख २१, २०७८ |

झापा, बैशाख-२१ गते ।झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए ।थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर