चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ ।

आज बिहान प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश २ र प्रदेश १ का केही भूभागहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू