चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु


कनकाई अनलनईन
झापा – झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका(२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका प्रमुखसमेत हुन्।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो।

उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए। गस्तीमा उनीसहित दुईजना निस्केका थिए। सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू