कनकाई अनलाईन
मालपोत कार्यालय– पाँचथरले हालै जिल्लाकादुर्गम भेगमा पुगेर सञ्चालन गरेको जग्गा प्रशासनसम्बन्धी घुम्ती सेवाबाट त्यहाँका नागरिक लाभान्वितभएका छन् ।
सो पहाडी जिल्लामा त्यस्तो सेवा एउटा नौलो प्रयोग रहेको हाम्रा सहयोगीले जनाएका छन् । कार्यालयले गतचैत २४ गतेदेखि एक सातासम्म तुम्बेवा गाउँपालिकामाघुम्ती सेवा प्रदान गरेको हो ।
घुम्ती सेवाको शुरुवात नै तुम्बेवा गाउँपालिकाबाट गरिएको थियो । तुम्बेवा गाउँपालिकाबाट १ वर्षमा१०–१२ जना सेवाग्राही बाहेक मालपोत कार्यालय पुग्ने गरेका थिएनन् । तर, यसपटक उक्त गाउँपालिकामामालपोतको टोलीले प्रत्यक्ष रूपमा १ सयभन्दा बढी नागरिकलाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ । सदरमुकाम टाढा भएकाले पनि जग्गाको लिखत कारोबार कम भएको हुनसक्ने आकलन गरिएको छ ।
सो घुम्ती सेवाबाट सेवाग्राहीलाई अंशबण्डा, बकसपत्र, राजीनामा, दृष्टिबन्दकी, भोगबन्धकी जस्ता लिखत पारित गर्ने तथा नामसारी, दाखा लगायतका सेवा स्थानीयस्तरमाप्रदान गरिएको छ ।
घरजग्गाको रोक्का, फुकुवा, संशोधन र नामसारी गर्न अन्यको तुलनामा वृद्धवुद्धा, अपांग, अशक्त र महिलालाई गाह्रो हुने भएकाले उक्त सेवा शुरु गरिएको कार्यालय–प्रमुख बाबुराम पोखरेलले जानकारी दिए । सो क्रममा सेवाग्राहीको जटिलतम कारोबार धेरै वर्षदेखिबाँकी रहेको पाइएको उनले बताए ।
तथापि सो घुम्ती सेवामा नापी कार्यालयले सहभागितानजनाएका कारण कतिपय सेवाग्राहीको काम शतप्रतिशत सम्पन्नहुन नसकेको हाम्रा सहयोगीले जनाएका छन् ।
‘जग्गा सम्बन्धी सम्पूर्ण कार्यहरू मालपोत कार्यालयमा हुने गर्दछ । तर, सबैले मालपोत कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले गाउँपालिकामै गएर सेवाप्रदान गरेको हो’ कार्यालय–प्रमुख पोखरेलले भने ।
हालसम्म देशका कुनै पनि मालपोत कार्यालयले गाउँपालिका क्षेत्रमै गएर कुनै पनि सेवा प्रदान गरेको छैन । तर, मालपोत कार्यालय–पाँचथरले भने देशमै पहिलो पटक घुम्ती सेवा प्रदान गरी सेवाग्राहीलाई सहजबनाएको हो ।
भूमि, व्यवस्थापन तथा अभिलेख विभागको स्वीकृतिपछि पाँचथर मालपोत कार्यालयले घुम्ती सेवाको लागि अग्रसरता लिएको बताउने कार्यालय–प्रमुख पोखरेल भन्छन्– ‘आगामीदिनमा पाँचथरका अन्य ६ वटा गाउँपालिकामा समेत यस्तो घुम्ती सेवा प्रदान गर्ने योजना छ ।’
जसमा पाँचथर मालपोत कार्यालयको टोलीले मिक्लाजुङ गाउँपालिकामा बैशाख ३ देखि ८ गतेसम्म सञ्चालन गरेको घुम्ती सेवामा जग्गा प्रशासन सम्बन्धी परामर्श सेवा करीब १ हजार जनाले लिएको जनाइएको छ ।
चालू आर्थिक वर्षभित्रै अब जिल्लाको फाल्गुनन्दगाउँपालिकामा बैशाख २५ देखि ३१ गतेसम्म, फालेलुई गाउँपालिकामा जेठ २ बाट १४ गतेसम्म, कुम्मायक गाउँपालिकामा जेठ २२ देखि २८ गतेसम्म, याडवरक गाउँपालिकामा असार ५ देखि ११ गतेसम्म र हिलिहाङ गाउँपालिकामा असार १९ देखि २५ गतेसम्म घुम्ती सेवाप्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सेवाग्राही उत्साहित
देशमै पहिलोपटक मालपोत घुम्ती सेवा प्रदान गर्दा सेवाग्राही निकै उत्साहित भएको प्रमुख पोखरेल बताउँछन् । कार्यालयमा हुँदा दैनिक लगभग ५० बढी सेवा प्रवाहगर्दै आएकोमा घुम्ती शिविरमा एउटा गाउँपालिकामै दैनिक ५० भन्दा बढी सेवाग्राही आएका उनको कथन छ ।
देशभरकै सेवाग्राहीमा मालपोत कार्यालयको राम्रो छाप छैन । त्यसैले मालपोत कार्यालयले आफ्नो छवि सुधार्नकालागि पनि नागरिकको घर–आँगनमै सेवा दिंदै गएपछि छविलाई सुधार गर्न सकिने कार्यालय–प्रमुख पोखरेलको विश्वास छ ।