लीलाराज झापाली
कोरोना महामारीका बिच पनि कनकाई नगरपालिकाका ९ वटै वार्डमा धनीपुर्जा वितरणको कामलाई तीब्रता दिएको छ ।
हालसम्म कनकाई नगरपालिकाको सबै वार्डमा गई दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासका लागि सबै जनाको लगत संकलन भइसकेको छ । यी सबै प्रकारका गरि ६ हजार घरधुरीको लगत संकलन गरिसकिएको र यसका लागि ५० जना लगत संकलक र प्राविधिकहरु खटाइएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । लगत संकलनपछि कनकाईमा एकसाथ ४ वटा नापी टोलीबाट टोटल स्टेशन विधिबाट फिल्डमा जग्गा नाप्ने काम भइरहेको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । संम्भवत यस विधि प्रयोग गरेर एउटै पालिकामा जग्गा नापी भइरहेको नेपालमै पहिलो भएको बताइएको छ । हालसम्म कनकाई ७ का ४०० परिवारको नापी भईसकेको र नापीलाई कम्युटरमा राख्ने काम भइसकेको समेत पोखरेलले जाकारी दिनुभयो । यस वार्डमा केहि दिनभित्रै धनीपुर्जाका लागि सार्वजनिक सुचनाको तयारी थालिएको नगरप्रमुखको भनाई छ ।
यता ५ नम्बर वार्डको समेत अवका हप्तादिन अगाडिनै नापी कार्य सकिने पोखरेलले बताउँनुभयो । यस वार्डमा सबैभन्दा वढी १ हजार घरधुरीमा नापी गर्नुपर्ने भएकोले धेरै समय लागेको र ४ टोलीलाई खटार्ईएको समेत पोखरेलले बताउँनुभयो । यस वार्डमा समेत नापीको साथसाथै डाटालाई कम्युटरमा राख्ने काम समेत गरिरहेको छ । यस वार्डमा समेत काम सकाएर तत्कालै सार्वजनिक सुचनाको तयारी थालिएको छ । यस वार्डपछि कनकाई ३ र २ मा यसअघिनै प्रेम दाहाल आयोगले धेरै स्थानमा धनीपुर्जा बितरण समेत गरिसकेकोले भुमि व्यावस्थापन आयोगसग समन्वय पुरानो नक्साको मद्धतबाट दुई वार्डमा फिताबाटै नापी थाल्ने र टोटल स्टेसन प्रविधिलाई अन्य वार्डहरु १,४,६,८ र ९ मा लैजाने तयारी सुरु गरिएको पोखरेलले कनकाई साप्ताहिकलाई बताउँनुभयो । बर्खाको समयमा सेटेलाइटबाट नापी गर्न समस्या हुने गरेकोले यस समयमा समेत नगरको नापी कार्यलाई नरोक्न फिताबाटै नापी गर्न लागिएको पोखरेलले बताउँनुभयो ।
नगरपालिकाले चुनावी घोषणामा प्रथम पटक यस क्षेत्रका सुकुम्वासी र अव्यवथित नगरवाशीलाई जग्गाधनीपुर्जा बितरण गर्ने बताएको थियो । घोषणापत्रमा भनिएकाझै काम कार्वाहीमा पक्कै ढिलाई भएकै हो तरपनि आगामि दसै सम्ममा सबै सुुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेलाई जग्गाको धनीपुर्जा हामी दिनेछौ ।
प्राविधिक काम र आयोगमा तयारी हुनमा ढिलाई भएको खण्डमा पनि थप ३ महिना भित्रमा हामी सबैलाई धनीपुर्जा वितरण गर्ने छौ यसका लागि नगरपालिकाले १२ जना टोटल स्टेशनबाट नापी गर्ने प्राविधिकलाई काममा लगाइरहेको तथा ५० जनासम्म डाटा संकलकदेखि कम्युटरमा इन्ट्री लगायातमा काम लगाएकोले कोरोना महामारीमा समेत कनकाई नगरपालिकावाशीलाई धनीपुर्जा बितरणको काम युद्धस्तरमा भइरहेको छ ।
कनकाई नगरपालिकाको अर्जुनदृष्टि सुकुम्वासी रहित नगर घोषणा गर्नुमा रहेकोले नगरका कतिपय अन्य .काम र घोषणालाई पछाडि धकेलिएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । सबैभन्दा वढी समय लाग्ने नापजाँच र तथ्याङ्ग लिने काम प्राय सकिन लागेकोले समयमै धनीपुर्जा पाउनेमा ढुक्क हुन नगरवाशीमा नगरप्रमुख पोखरेलले आग्रह गर्नुभएको छ ।
तस्वीर ः कनकाई ५ मा टोटल स्टेशन विधिबाट जग्गा नाप्दै प्राविधिक