Kanakai Online

झापा गाउँपालिका-ट्रेसिङमा परेका ८ जनाकै रिपोर्ट नेगेटिभ।


आइतवार, वैशाख १९, २०७८ |

कामाटोली,बैशाख १९।गत सुक्रबार कोरोना संक्रमण बाट मृत्यु भएका झापा गाउँंपालिका-४ चौधरीबस्तीका ५७ वर्षिय पुरुषको नजिकैको सम्पर्कमा रहेका ८ जनामा गरिएको एन्टिजेन्ट टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

मृतकलाई घरमा ल्याउने अटो चालक,श्रीमती लगायतलाई एन्टिजेन्ट विधीबाट कोरोना संक्रमण परिक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको सिआईसिटी टिमका संयोजक श्याम कुमार न्यौपानेले कनकाई अनलाइनलाई जानकारी दिए।मृतकका अति नजिक सम्पर्कमा रहेका आठै जनाको रिपोर्ट नेगेटिभ आएको छ।उनले भने “कुनै एकको रिपोर्ट पोजेटिभ भएको भए अझै अरुमा पनि परिक्षण गर्नु पर्थियो,तर सबैको रिपोर्ट नेगेटिभ छ आत्तिनु पर्दैन।”

यता गत बुधबार मृत्यु भएका सोही वडाका ५५ वर्षिय एक मुसलमान समुदायका पुरुषको नजिकै सम्पर्कमा रहेका व्याक्तीमा समेत चाडै कोरोना परिक्षण गरिने स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो। एकै वडाका दुई कोरोना संक्रमितको गत बुधाबार र सुक्रबार दुई दिनकै अन्तरमा कोरोनाका कारण मृत्यु भएको थियो।