शरणामती,बैशाख १८।झापा गाउँपालिकामा जारी लैंङ्गिक हिंसा न्युनिकरण सम्बन्धी तालिम शनिवार सम्पन्न भएको छ।गाउँपालिकाको आर्थिक सहयोगमा संचालित तालिमको गैर सरकारी संस्था महासंघ झापा साखाले आयोजना गरेको हो।
दुई दिने तालिममा प्रशिक्षक लता खरेल फुयँलले प्रशिक्षार्थीहरुलाई लैङ्गिक हिंसाको परिचय दिदैं हिंसाका बारेमा सचेतना दिनु भएको थियो।उहाँले हिंसामा हुने दुई विबेध सामाजिक विवेध र प्राकितिक विवेधका बारे प्रशिक्षार्थीहरुलाई सचेतना दिनुभयो।समाजमा हिंसाबाट हुने असर र यसको न्युनिकरण गर्ने उपायका बारे बताउदै फुयँलले भन्नुभयो “समाजमा पुरुष भन्दा महिला बढी हिंसाका सिकार हुने गरेका छन,घरमै पनि आफन्त बाटै महिलाले हिंसाको सिकार हुनु परेको छ,सासुबाट बुहारीले हिंसाको सिकार हुनु परेको छ,अब हामी सशक्त भएर उभिनु पर्छ,हिंसालाई सहेर बस्नु हुदैन।”
संस्थाका उप-सचिव नेत्र प्रसाईले संचालन गरेको तालिमको गाउँपालिका उप-प्रमुख कुन्तीदेबी बुढाथोकी,वडाध्यक्षहरु नेत्रप्रसाद उप्रेती,मोतीलाल गणेश,संस्थाका केन्द्रीय सदस्य छविलाल खतिवडा,सहजकर्ता गोविन्द न्यौपाने,स्वस्थानी प्राविका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार खरेल लगायतको उपस्थितिमा समापन गरिएको थियो।