झापा,बैशाख १७।हलभरी भिडभाड,न भौतिक दुरी,न त स्वास्थ्य मापदण्डकै पालना।यो दृश्य हो झापा गाउँपालिका-४ स्थित डिल्लीराज माविको सभाहलको।जहाँ विहिवार गाउँपालिकाले उज्यालो गाउँपालिका घोषणा गर्दै थियो।नेपाल सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी भिडभाड नहुनु भनेको छ तर गाउँपालिका नै नियम उलंघन गर्दैछ।यो गाउँपालिका भारतिय सिमा संगै जोडिएको छ।कोरोनाका कारण १ जनाको मृत्यु समेत भइसकेको छ।तर गाउँपालिकालाई अझै चेतना खुलेको छैन।भिडभाड गर्दै कार्यक्रम गरिरहेको छ।जनप्रतिनिधिलाई श्रेय लिने होड छ।
जिल्लाबाट प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा बसेको बैठकको निर्णयमा २५ जना भन्दा बढी जम्मा नहुनु भनेको छ स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले भने “स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ”।
यता हलमा भने १०० जना भन्दा बढीको सहभागीता थियो।
सभाहलमा जनप्रतिनिधी देखि विद्युत प्राधिकरणका कर्मचारी,विभिन्न संघ-संस्थाका प्रतिनिधि,राजनितिक दल लगायतको बाक्लै उपस्थिती थियो।कार्यक्रममा गाउँपालिकाका सात वटै वडाका घर-घरमा बिजुली पुर्याएको खुसी साट्न नेपाल विद्युत प्राधिकरण प्रदेश १ विराटनगरका प्रमुख टेकनाथ तिवारीलाई प्रमुख अतिथीका रुपमा बोलाइएको थियो।।
कार्यक्रममा अध्यक्ष शाहले सम्पुर्ण घरदुरीमा बिजुली पुर्याउन सफल भएको भन्दै सिचाईँका लागि प्रत्येक टोलका खेत-खेतमा समेत बिजुली पुर्याउने प्रतिवद्दता व्यक्त गरे।
भेलालाई स्वागत गरेका २ नं वडाध्यक्ष नेत्रबहादुर खड्काले सिचाईंका लागि र केही नयाँ बस्तीहरुमा बिजुली पुर्याउने काम तिब्र गतिमा चलेको भन्दै ४ वर्षे कार्यकालमा भएको ठूलो उपलब्धी बताएका छन।
वोर्डको स्वीच अन गरेर झापा गाउँपालिकाको नक्सामा विजुली वत्ती वालेर उज्यालो पालिका घोषणा गरेका तिवारीले ४०–५० किलोमिटर तार सम्झौता गरेको उद्योगले समयमा नदिँदा खेतीमा सिँचाइका लागि विजुली वत्ती पुर्याउन नसकेको बताए । कृषिमा सिँचाइको लागि भविष्यमा विद्युत निशुल्क हुने सम्भावना रहेको समेत उनले जानकारी दिए ।