Kanakai Online

झापा गाउँपालिकामा कोरोनाबाट फेरि एकको मृत्यु।


शुक्रवार, वैशाख १७, २०७८ |

झापा,बैशाख १७।झापा गाउँपालिका-४ चौधरीबस्तीका एक ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

एक महिना सम्म भारतको कश्मिर बसेर उनी बैशाख १२ गते घर आएका थिए।घरमा थकित भएर आएका उनको स्वासप्रस्वास मा समस्या देखियो स्वास्थ साखा प्रमुख लक्ष्मण बिश्वकर्माले भने “त्यसपछी उनलाई तुरुन्त बिर्तामोडको बिएण्डसी लगियो।बिएण्डसीले कोरोना संक्रमण पोजेटिभ देखीएका उनको उपचारमा दुई लाख खर्च लाग्ने भने पछी पुन: उनलाई धरानको बिपी स्वास्थ्य प्रतिष्ठान (घोपा) लगियो।कृटिकल कण्डिसनका उनलाई धरानले समेत रेफर गरेर बिराटनगरको नोवेलमा पठायो।नोबेलमा उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।

यो संगै झापा गाउँपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ।दुई दिन अघि मात्र सोही वडाका अलकासबस्तीका एक मुसलमानको मृत्यु भएको थियो।

सम्बन्धित खबर