Kanakai Online

सुरुङ्गामा नागरिक प्रहरीको साझेदारी मास्क खोई अभियान सुरु


मङ्गलवार, वैशाख १४, २०७८ |

कनकाई अनलाईन
देशभर कोरोना संक्रमितको सङ्ख्या वढेपछि सुरुङ्गामा प्रहरी र स्थानीय संघ संस्थाको साझेदारीमा मास्क खोई अभियान सुरु गरिएको छ ।


स्थानीय संघ संस्थाका प्रतिनिधि संम्मिलित टोलीले शहर बजार र गाउँ गाउँमा गएर सहि तरिकाले मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने र बाटोमा हिडनेहरुले मास्क सहि तरिकाले नलगाएको भए मास्क लगाउन सिकाउने गरिएको छ ।


स्थानीय संघ संस्थाहरुको समेत सहभागितामा इलाका प्रहरी कार्यालय सुरुङ्गामा यस अभियान सुरु गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक उदरयसंम्सेर राणाले बताउँनुभयो । स्थानीय ज्ञानज्योती युवा क्लवले कोरोना कहरका वारेमा म्युजिक भिडियोनै तयार पारेको क्लवका अध्यक्ष नारायण भेटवालले बताउँनुभयो । सचेतना कार्यक्रममा जादा उक्त म्युजिक भिडियो बजाएर सचेतना फैलाउने गरिएको छ । पहिलो चरणमा मास्क लगाउने साबुन पानीले हात धुने भनेर गाउँ गाउँमा गएर सचेतना फैलाइने र दोस्रो चरणमा मास्क प्रयोग नर्गनेलाई एक सय रुपैँया जरिमाना तोकिने प्रहरी नायव निरिक्षक जबराले बताउँनुभयो । यता जिल्लाभर यस प्रकारका सचेतना कार्यक्रम भइरहेको समेत जबराले बताउँनुभयो ।


अभियानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरीको साथमा स्थानीय लायन्स क्लव अफ कनकाई सुरुङ्गा, कनकाई नगर वाल संजाल, ज्ञानज्योती युवा क्लव, प्राथमिक स्वास्थ्य केन्द्र सुरुड्गा लगायातका संघ संस्थाको सहभागिता रहेको छ ।
अभियानमा बाटो हिडने तथा पसलमा बस्दा मास्क नलगाई बस्नेलाई प्रहरी प्रमुख जबरा, लायन्सका संस्थापक अध्यक्ष लीला चिमरिया लगायातले मास्क बितरण गर्नुभएको हो । सचेतना टोलीले सुरुङ्गा चौकस्थित बस स्टेण्डमा समेत यात्रु तथा सवारी चालक, सहचालकहरुमा समेत मास्क र सामाजिक दुरी कायम गर्नका लागि सुझाएको थियो ।


सचेतना कार्यक्रम गर्दै नागरिक प्रहरी तस्वीर

सम्बन्धित खबर