कनकाई अनलाईन
श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ ।
धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका(४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई विष हालेको खाना दिएको र सोही खानाका कारण उनको मृत्यु भएको प्रहरीको दावी छ ।
थापाको भान्साबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना ९भात० तथा मुछिएको खानासमेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको र ०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको गिरीले उल्लेख गरेका छन् ।
खानामा विषादी भेटिएपछि विष्णुका भाइ लोकबहादुरले भाउजु पार्वतीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
श्रीमान विदेशमा भएको बेला अन्य पुरुषसगको सम्बन्ध श्रीमानले थाहा पाउने भयले ती महिलाले श्रीमानलाई खानामा बिष हालेर पकाएको प्रहरीको भनाई छ । हाल आफ्नै श्रीमान हत्यामा मगर हिरासतमा छिन उनी विदेशबाट नेपाल आउनसाथ प्रहरीले पक्राउ गरेको हो । ती महिलाले श्रीमानको मृत्युहुनसाथ विदेश भागेकी थिइन ।