कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रको कनकाई नगरपालिका वार्ड नम्बर ३ को वार्ड अध्यक्षमा लीलाराज खड्का सर्बसम्मत हुनु भएको छ ।
आज सुरुङ्गामा सम्पन्न भएको पार्टीको वार्ड अधिवेशनले खड्काको नेतृत्वमा २१ सदस्यीय वार्ड कमिटी गठन गरेको हो ।
कमिटीको सदस्यहरुमा यज्ञराज कार्की, प्रेमकला फुयाँल, देविप्रसाद थपलिया, दिलकुमारी उप्रेती, विनोद वराइली, सीतादेवि पाठक, टिका दाहाल, यमुना खपाङ्गी, वलभद्र सिटौला, डिल्ले राई, मानबहादुर राई, अर्जुन श्रेष्ठ, मौला बहादुर खम्बु, विष्णु उप्रेती, प्रकाश सुवेदी, देवराज सिटौला, उमेश उप्रेती, पदमप्रसाद मैनाली र प्रेम प्रसाद चुडाल रहनुभएको छ । २९ सदस्यीय कमिटीमा बाकी पहिलो बैठकबाट थप गरिने अध्यक्ष खड्काले बताउँनुभयो ।
यसैगरि अधिवेशनले पार्टीको नगर कमिटीका लागि डिल्लीराम पौडेल, डिल्ली पाठक,चन्द्र शिवाकोटी, लीला प्रसाई संग्रौला, उत्सव वास्तोला, ललितबहादुर कार्की, नविन सिटौला सुकदेव तिम्सिना र हिमाल विष्टलाई नगर कमिटीका लागि सिफारिस गरेको छ ।
भक्तिप्रसाद संग्रौलाको सभापतित्वमा भएको अधिवेशनमा पार्टीका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले चिसो भनेकै कोकाकोला भन्ने विज्ञापनकाझै ओलीले कम्युनिष्ट पार्टी भनेकै महु भनेर हल्ला फिजाएर कम्युनिष्ट पार्टीकै बदनाम गरिरहेको भन्दै ओली वाहेकका सबै देशभरका कम्युनिष्ट शक्तिविच एकता आवश्यकता रहेको बताउँनुभयो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य गोपाल प्रसाई, पार्टीका कनकाई नगर सचिव विष्णुप्रसाद बिमली, पार्टीका जिल्ला सल्लाहकार यामनाथ सेढाई, वेदप्रसाद खतिवडा, राष्ट्रिय कलाकार आइपी भट्टराई लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । वार्ड कमिटी तथा नगरका लागि नाम पार्टीकी जिल्ला सदस्य सारदा प्रसाई पाठकले गर्नुभएको थियो ।