कनकाई अनलाईन
झापा– झापा भद्रपुरका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ६ का ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ।
कोरोनाको दोस्रो लहर सुरु भएयता जिल्लामा तीन जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।