मेरा चेलीको आवाज
दिउँसौ हनन भयो
मानवअधिकार नारीले पाउने छैनन् अब आकाशमा उड्नलाई चरी भएर खेली ।।
कस्तो विडम्बना
हिजोसम्म लक्ष्मी भनि पुजिने
देशमा आज सुरक्षित छैनन तिनै हाम्रा चेली ।।
बुद्ध न्याय प्रतिबिम्ब जन्मिएको
देशमा आज मन्दिरभित्रै हुन थालो मेरा चेलीको बलत्कार ।।
हिजोसम्म काफल गेडी कुटुक्कै घन्किने
ती भिरपाखामा आज गुञ्जिदै छ तिनै चेलीको चित्कार ।।
कलिला ती शरिरका अंगहरू
गिद्धले मासु पाउँदा जस्तै
गरी मानव रुपि ब्वाँसाद्वारा लुछिए ।।
मेरा चेलीको रगतले देशै
रक्ताम्मे हुँदा पनि न त कुनै
कानुन बन्यो न कसैका आँसु नि पुछिए ।।
भाईटिकामा टीका लाउँदा चेलीको
पाउ छोइ सदैव उनको रक्षाको वचन दिने
हाम्रो संस्कार थियो ।।
तर पैसा र राजनीतिको आडमा आमाबुवाको
आसु मूल्य विहिन भए अनि निभ्न पुग्यो न्यायको दियो ।।
कुर्सीको खेल भइरहेछ निर्दोषहरुको बलीको पात्र
त्यसैले न्याय दिप नीभी
छाएको छ अन्यायको साँझ ।।
भन्न त भन्छन् जनताको राज तर देशकै
सर्वोच्च पदमा महिला हुँदा नि
छोपिएको छैन मेरा चेलीको लाज ।।
( निर्मला सम्झना र अन्य जतिपनि चेलीहरु
बलीका पात्र भएका छन् सबै एक स्वरमा चिच्याई भन्छन् । ) =
आमा स्वर्ग भन्दा पनि महान हुन्छन भन्दै चेलीको इज्जत
बजारमा लिलामी भएको देशको जय होस ।।
चेलीको रगतले श्रापित भूमिमा मानव रुपी
दानवको अन्त्य नभएसम्म कुनै पनि नारीको जन्म नहोस ।
-परिचीत अपरिचित ( महेश खरेल