शरणामती,बैशाख ८ ।रामनवमीको अवसर पारेर धनकुटाको हिलेमा आयोजना गरिएको पालिका स्तरिय भलिवल प्रतियोगितामा झापा गाउँपालिकाको भलिवल टिम उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।बुधबार भएको फाइनल भिडन्तमा षडानन्द नगरपालिका भोजपुर संग ३–१ सेटमा स्तब्ध हुँदै झापाले उपविजेतामै चित्त बुझाएको हो ।
झापाले पहिलो सेटमा जीत हासिल गरे पनि हार भने टार्न सकेन।पहिलो सेटलाई आफ्नो तर्फमा पारेको झापालाई लगातार तीन सेटमा पराजित गर्दै भोजपुरले उपाधी रक्षा गरेको छ।विजेता भएको भोजपुरले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ भने झापाले ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।खेलमा झापाका रोहित शिवाकोटी उत्कृष्ट ब्लकर घोषीत भए भने गणेश कटुवालले उत्कृष्ट डिफेन्स उपाधी प्राप्त गरे ।विजेता र उपविजेता टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले पुरुस्कार वितरण गरेका थिए।
खेलाडीको अथक प्रयास हुँदा हुँदै पनि लामो समय पछी उपविजेताको हार व्यहोर्नु परेको झापा गाउँपालिका टिमका सहायक क्याप्टेन सागरकिरण भट्टराईले बताए”हामीले अथक मेहनत गरेउ,पहिलो सेटमा जीत निकाले पनि मेहनतका वावजुत हार टार्न सकेनौं।
सेमीफाइनलमा भोजपुरले दमक नगरपालिका झापालाई हराउँदै झापा गाउँपालिकासंगको फाइनल भिडन्त पक्का गरेको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।
यता उपविजेताको हार खेपेको झापा गाउँपालिकाको टिम भने बद्ला लिन पाँचथरको फालेलुङ्ग गाउँपालिकामा लोकतन्त्र दिवसको अवसर पारेर बिहिबार देखि संचालन हुन लागेको पालिका स्तरिय भलिवल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाँचथर पुगेको छ। पाँचथरमा विहिवार देखि संचालन हुने खेल शनिवार सम्पन्न हुने बताइएको छ।प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेता बनेको टिमले २५ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने बताइएको छ।