Kanakai Online

हिलेमा झापा गाउँपालिकाको कब्जा कायमै-पथरीलाई हराउँदै फाइनलमा प्रबेश।


मङ्गलवार, वैशाख ७, २०७८ |

शरणामती,बैशाख ७।धनकुटाको हिलेमा जारी पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगितामा झापा गाउँपालिका भलिवल टिम फाइनलमा प्रबेश गरेको छ।पथरी नगरपालिका मोरङ्ग लाई ३:० को सोझो सेटमा हराउँदै झापा गाउँपालिकाले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।

यो संगै झापा गाउँपालिका र षडानन्द नगरपालिका (भोजपुर) बिच फाइनलमा भेट हुने पक्का भएको छ।६ गते देखि जारी प्रतियोगिताको फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा बिजेता बनेको टिमले नगद १ लाख र उपबिजेताले ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने बताइएको छ।

सम्बन्धित खबर