शरणामती,बैशाख ७।झापा गाउँपालिकामा पुन: कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ।झापा गाउँपालिकाका एक कर्मचारीमा एन्टीजेन्ट टेस्टबाट कोरोना पोजेटिभ देखिए संगै दोस्रो लहर सुरु भएको हो।ती कर्मचारी सोमबार सम्म कार्यालयमै काममा व्यस्त रहेको बताइएको छ।
त्यस्तै सिमलबाडीका अर्का एक व्याक्तीमा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए।
स्वास्थ्य सतर्कता फितलो
कोरोनाको पहिलो लहरमा आत्तिएको पालिकामा दोस्रो लहर सुरु भइसक्दा समेत मानिसहरुको दैनीक दिनचर्यामा भने परिवर्तन भएको पाइएको छैन।भिडभाड हुने क्षेत्रहरु बजार,बैङ्क,स्कुल,औपचारिक कार्यक्रमहरु भने नियमित हुँदै आइरहेका छन।यस्ता भिडभाड हुने क्षेत्रहरुमा भौतिक दुरी समेत कायम गरेको पाइदैन।
सामाजिक सुरक्षा भत्ता लिनेको भिड
राज्यले दिदै आइरहेको सामाजिक सुरक्षा भत्ता यतीबेला आएको छ।झापा गाउँपालिकाबाट प्रदान गरिने भत्ता लिन यति खेर एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य वैंक झापा बजार साखामा मानिसको भिड लाग्ने गरेको छ।
कोरोनाको जोखिम बढे संगै भिडभाडले आफुलाई समेत जोखिम भएको राष्ट्रिय वाणिज्य बैंकका साखा प्रबन्धक छत्र बहादुर ढकालले बताए।
सिमा र पालिकाको गेटमा हेल्थ डेक्स छैन
भारतमा एकै दिनमा लाखौंको संख्यामा कोरोना संक्रमित बढिरहदा यता झापा गाउँपालिकाको सिमा क्षेत्रमा भने स्वास्थ सतर्कताका लागि हेल्थ डेक्स पनि राखिएको छैन।सुरक्षाकर्मीद्वारा भारतको दिल्लीका साथै अन्य राज्यबाट आउने नेपालीहरुलाई काकडभिट्टाको सिमा नाकाबाट नेपाल प्रबेश गर्न भनिने गरेको छ।
कोरोनाको दोस्रो लहर सुरु भइसक्दा समेत दैनीक सेवाग्राहीको भिड लाग्ने पालिकाको कार्यालयको गेटमा समेत हेल्थ डेक्स राखिएको छैन।