खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने


विर्तामोड, ६ बैशाख ।झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो ।

‘एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार पुग्नु पर्ने अवस्था थियो’, अर्जुनधारा ३ का अध्यक्ष जीवन भण्डारीले भन्नुभयो, ‘हामीले वर्षौंदेखि प्रहरी चौकी आवश्यक छ भनेर भनेका थियौं । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँलाई ज्ञापन पत्र पनि बुझायौं । हाम्रो माग कसैले सुनेको थिएन । अहिले पूर्वमन्त्री अग्निप्रसाद खरेललाई भेटेर चौकीको आवश्यक्ता बारे जानकारी गराएपछि उहाँले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायतसँग म र २ नम्वर वडा अध्यक्ष रघुनाथ खनाल लगायतका साथीहरुलाई राखेर प्रहरी चौकी स्थापनाका लागि पहल गरिदिनु भयो । माथिसम्म पनि उहाँले लविङ गरेकाले अब प्रहरी चौकी स्थापना हुने अवस्थामा पुगेको छ ।’

वडा अध्यक्ष भण्डारीले अबको एक हप्ताभित्र खुदुनाबारीमा प्रहरी चौकी सञ्चालनमा आउने जानकारी दिनुभयो । ‘पहिले भुटानी शरणार्थी रहेको समयमा स्वास्थ्य चौकीका लागि बनाएको एउटा सानो भवन थियो, स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि त्यो खाली रहेको थियो । त्यसलाई मर्मत गरेर प्रहरी चौकी सञ्चालन गर्ने तयारी गरेका छौं’, वडा अध्यक्ष भण्डारीले भन्नुभयो, ‘प्रहरी चौकीको मर्मतका लागि नगरको वोर्ड बैठकबाट निर्णय पनि गरेका छौं । असईको कमाण्डमा प्रहरी चौकी सञ्चालन गर्ने विषयले स्थानीयलाई उत्साही बनाएको छ ।’

पूर्वमन्त्री खरेलले स्थानीय वडाध्यक्षहरु, नेकपा एमालेका स्थानीय नेता लोकनाथ श्रेष्ठ लगायतले प्रहरी चौकी स्थापनाका लागि पहल गर्न आग्रह गरे अनुसार आफुले समन्वयको काम गरेको बताउनुभयो । खुदुनावारी क्षेत्रमा प्रहरी चौकीको आवश्यक्ता अधिक रहेको देखेर समन्वय गरेको पूर्वमन्त्री खरेलको धारणा छ ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू