कनकाई अनलाईन
सुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहोमा आयोजित कार्यक्रमा पुन बलभद्र कोइरालाको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मनप्रसाद कोइराला उपाध्यक्षहरुमा प्रेमकुमार, चन्द्रप्रसाद र हरि कोइराला सचिवमा प्रदिप कोइराला सहसचिवमा विकास कोइराला कोषाध्यमा हेमकुमारी कोइराला रहनुभएको छ भने सदस्यहरुमा गायत्रीप्रसाद, यसोदा, कृष्ण कोइराला धरमपुर कृष्ण कोइराला गौरादह, बाबुराम, भीम, भक्ति, नारायण, केशव, अग्निप्रसाद, अखिल र उमा कोइराला रहनुभएको छ ।
नयाँ कार्यसमितिलाई कोइराला सेवा समाजका केन्द्रिय अध्यक्ष माधवप्रसाद कोइराला , झापाका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य रविन कोइराला , पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
डिजिटल वंशावली सुभारम्भ
यसैविच कोइराला बन्धु समाज कनकाईको व्यावस्थापनमा देशभरमा कोइराला बन्धुहरुको वंशावलीलाई डिजिटल प्रविधिमा लगिएको छ । देश विदेशमा रहेका बन्धुहरुलाई प्रविधिमा जोड्दै अनलाईन माध्यमबाटै आफ्ना बन्धुको अवस्था र बंशावलीलाई अनलाईनमा राखिएको कोइराला बन्धु समाज कनकाईका अध्यक्ष अखिल कोइरालाले बताउँनुभयो । अनलाईन प्रविधिको सदुपयोग गर्दै विश्वभर छरिएका बन्धुलाई आफ्नो अवस्थाको वारेमा जानकारी दिन अनलाईन प्रविधिबाट कोइराला सेवा समाज डटकमको सुभारम्भ गरिएको समाजका कनकाई नगरपालिका सचिव रोहित कोइरालाले बताउँनुभयो ।
यता कोइराला सेवा समाज झापाले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत बिमोचन गरिएको छ ।
कार्यक्रममा सहभागिहरुले कोटीहोमा कोइराला सेवा समाजको बन्न लागेको सामुदायिक भवनका लागि बन्धुहरुले आर्थिक सहयोगको घोषणा समेत गरेका छन ।