Kanakai Online

अज्ञात समूहद्वारा पुर्व शिक्षक भट्टराई माथी कुटपिट।


शुक्रवार, वैशाख ३, २०७८ |

शरणामती,बैशाख ३।झापाको झापा गाउँपालिका-७ झाँटीका ७१ वर्षीय पुर्व शिक्षक मान बहादुर भट्टराई माथि अज्ञात समूहले आक्रमण गरेको छ। आफ्नै घरमा बसिरहेका भट्टराईमाथि सुक्रबार दिउँसो २ बजे कुटपिट भएको हो।

५ जनाको समूहमा आएका अज्ञात समूहले भट्टराई माथि मुक्का र घुस्सीले प्रहार गरेको प्रत्यक्षदर्शी दुर्गा भट्टराईले कनकाई अनलाइनलाई बताइन।उपचारका लागि स्थानिय शरणामती हेल्थ केयर क्लिनिकमा ल्याइएका भट्टराईको कुटपिट बाट दाँत हल्लिएको, कान र टाउको थङथिलो भएको बताइएको छ।मुखमा मास्क लगाई बाइकमा आएका अज्ञात समूहले भट्टराईलाई अन्धाधुन्ध कुटपिट गरि भागेको स्थानियले बताएका छन।

भट्टराई माथि कुन समूहले किन अक्रमण गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भट्टराईले २७ वर्ष शिक्षक पेशामा काम गरि वि.सं २०६३ साल देखि अवकास लिएका हुन।

सम्बन्धित खबर