Kanakai Online

अब बिर्तामोडमै अस्पतालका सबै सर्जिकल सामाग्रीहरुको विक्री कक्ष


बुधवार, वैशाख १, २०७८ |

कनकाई अनलाईन
अस्पतालको हव बन्दै गएको बिर्तामोड क्षेत्रमा अस्पतालका लागि चाहिने अत्यावश्यक सर्जिकल सामाग्रीहरुको बिक्री कक्ष सुरु भएको छ ।
सुरुङ्गाका युवा व्यावसायी सुजन शिवाकोटीले संचालन गर्नुभएको सर्जिकल स्टोरको आजै विशेष कार्यक्रमका विच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सर्जिकल स्टोरको विक्री कक्षको उद्घाटन गर्नुभयो ।
शिवाकोटीकै काठमाण्डौमा रहेको क्यानोपस हेल्थ केयरको साखाका रुपमा बिर्तामोडमा सर्जिकल स्टोर संचालनमा आएको शिवाकोटीले बताउँनुभयो । प्रदेश नम्बर एककै सर्जिकल सामाग्रीहरुको ठुलो होलसेलरका रुपमा खुलेको यहाँबाट भिडियो एक्सरे, एक्सरे मेशिन, अल्टासाउण्ड मेशिन, हाइट ओइट नाप्ने मेशिन लगायातका अस्पतालका लागि आवश्यक सबैप्रकारका मेशिनरी र सर्जिकल सामाग्रीहरु उपलब्ध हुने संचालक शिवकोटीले बताउनुभयो । सर्जिकल स्टोर संचालनमा आएपछि यस क्षेत्रका ठुला साना अस्पताल तथा मेडिकल हलहरुले आफुलाई आवश्यक सामाग्रीहरु खरिद गर्नकै लागि भारत र काठमाण्डौ गइरहनुपर्ने झन्झटबाट मुक्त हुने शिवाकोटीको दावी छ । काठमाण्डौको क्यानोपस हेल्थ केयर भिडियो एक्सरे तथा एक्सरे मेशिनको विदेशबाट आयातकर्ता समेत रहेको छ ।

सम्बन्धित खबर