Kanakai Online

सामुदायिक वनको मतगणनामा धाधली भएको चार दलको आरोप


बुधवार, वैशाख १, २०७८ |

कनकाई अनलाईन
सुरुङ्गा वैशाख १ गते । कनकाई सामुदायिक वन समुह सुरुङ्गाको गत चैत ३० गते भएको मतगणनामा निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाधली गरेको यहाँस्थित चार दलले आरोप लगाएका छन ।
आज सुरुङ्गामा भएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक प्यानलका उम्मेद्धार सहित नोपाली कांग्रेसका कनकाई नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, सचिव दुर्गा प्रसाई , कनकाई ३ का वडाअध्यक्ष यदुनाथ अधिकारी , माओवादी केन्द्रका कनकाई नगर सचिव विष्णुप्रसाद बिमली , जनता समाजवादी पार्टीका प्रदेश कमिटी सल्लाहकार भरतकुमार श्रेष्ठ, राप्रपा नेपालका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेतीले निर्वाचनको मतगणना पुन नगरिसम्म आन्दोलन जारी राख्ने बताउँनुभयो ।
चुनावी मोर्चामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० गते राती भएको मतगणनामा निर्वाचन संयोजक पोखरेलले एउटा एक सय मतपत्रको गनेको पोकोलाई पुन गनेको र एउटा पोको भने गन्दै नगनेको पराजित अध्यक्षका उम्मेद्धार सन्तोस रायमाझिले बताउनुभयो । निर्वाचनको मतगणनामा गल्ती भएको भनेर पटक पटक निर्वाचनका अन्य सदस्यहरुले समेत मतपरिणाम घोषणा गर्नन सुझाव दिदा समेत निर्वाचन संयोजक पोखरेलले हतारमा मतपरिणाम घोषणा गरि जसजसलाई चित्त बुझ्दैन कानुनी प्रक्रियामा जानु भनेकोले आफुहरु बाध्य भएर सिडियो कार्यालय, डिभिजन वन कार्यालयमा पुन मतगणनाको माग लिएर गएको नेपाली कांग्रेस कनकाईका सभापति नेत्रप्रसाद चिमरियाले बताउँनुभयो । पुन मतगणना नगरिए आफुहरु आन्दोलनमा उत्रने माओवादी केन्द्रका नगर सचिव विष्णुप्रसाद बिमलीले बताउँनुभयो । चुनावी समितिका प्रचार प्रसार संयोजक समेत रहेका युवराज संग्रौलाले आफुहरुले जिल्ला डिभिजन वन कार्यालय, कनकाई नगरपालिका, इलाका प्रहरी कार्यालय र निर्वाचन समितिलाई बोधार्थ दिई प्रमुख जिल्ला अधिकारीलाई समेत पुन मतगणनाका लागि निवेदन दिइएको तथा निर्वाचन मतगणना भएको दिनसमेत निर्वाचन समितिलाई निवेदन दिइसकिएको बताउँनुभयो । ।हाम्रो मागलाई वेवास्ता गरिएमा सबैको जिम्मेवारी कनकाई वन समुहको निर्वाचन समितिले लिनुपर्ने छ संग्रौलाले भन्नुभयो । यता निर्वाचन समितिका संयोजक वाहेक सबैको मतगणनामा असहमति रहेको र अन्तिम मुचुल्कामा कसैले पनि सही नगरेको कारण पनि मतगणनामा धाधली भएको पुष्टि भएको आरोप चार दलको रहेको छ ।
गत चैत्र ३० गते भएको निर्वाचनमा अध्यक्षमा ख्याम ओलीले अर्का उम्मेद्धार सन्तोस रायमाझिलाई १७ मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो ।
निर्वाचनको मतगणनाको विषयलाई लिएर अहिले समाजमा विभिन्न मतमतान्तर आउने गरेको छ ।
फोटो ः पत्रकार सम्मेलनमा सहभागि हुदै चार दलका प्रतिनिधिहरु

सम्बन्धित खबर