कामाटोली,बैशाख १।बैदेशिक रोजगार नेपालीका लागि बाच्ने र बचाउँने माध्यम बनेको छ।नेपालमा बढ्दो राजनितिक अस्थिरता बेरोजगारीका कारण युवा जमातमा बैदेशिक रोजगारनै धनार्जको एक मात्र बिकल्प बनेको छ।
यही युवा जमातमै धन कमाउने अभिलाषा बोक्ने झापा गाउँपालिका-३ निवासी रेखा बिश्वकर्मा(नाम परिवर्तन गरिएको) समेत बैदेशिक पिडाबाट अछुतो रहन सकिनन।गएको २०७७ साल कात्तीक २९ गते लक्ष्मी पुजाको दिन धन कमाउने आसामा ओमन भनेर हवाईजहाज चढेकी रेखा दुबईमै ल्याण्ड भइन।दुबईमा दुई दिनको बास पछी उनलाई किर्गिस्थान भनेर इराकको बगदाद लगियो उनका श्रीमान राजु बिश्वकर्माले बृतान्त सुनाए।बगदाद पुगेकी रेखालाई काम गर्न एक घरमा पुर्याइयो,घर भित्रको काम,बस्न एक मिनेट पनि दिदैनन,घरमा फोन पनि बिहान मात्र गर्न पाउछिन उनका श्रीमानले भने”घर भित्र मानसिक यातना दिइन्छ रे,खान पनि एउटा रोटी मात्र दिन्छन रे,रुदै फोन गर्छिन”।
उनका श्रीमान राजुले श्रीमतीको वैदेशिक यात्राको कथा सुनाउँदै भने म बिदेस जान धेरै खोजे तर मेडिकल फेल भए,पटक-पटक मेडिकल फेल भएपछी म निरास भएको थिए।श्रीमतीको ओमन जाने राम्रो कोटा आएपछी श्रीमती जान इच्छुक भइन,राम्रो पैसा कमाइ हुने भनेपछी शिवसताक्षी झिलझिलेका स्थानिय एजेन्ट मणि लामाले ओमन पठाइदिन्छु भनी पठाउनु भयो,तर ओमन लगिएन श्रीमती इराक पुगिन।उनले थपे “भिजिट भिषामा गएका हुन,एजेन्टले पैसा लिएनन।अहिले एजेन्टलाई इराक बस्न सकिएन धेरै यातना खप्नु पर्यो कि त घर ल्याउनु पर्यो कि त ओमन पठाउनु पर्यो भन्दा हुन्छ हुन्छ आज,भोलि भन्छन बिश्वकर्माले भने।उनले जिल्ला प्रसाशन कार्यालय झापामा समेत निवेदन दिएको बताए।
रेखा संग ओमन भनेर इराक पुग्ने अरु तीन नेपाली महिला पनि छन।कुन्जीबारी,झिलझिले,पाल्पाका यी सबैको समस्या रेखा जस्तै छ।झिलझिलेकि एक महिला संग हामीले सम्पर्क गर्दा उनले आफुले काम छोडेर त्यहाँकै अफिसमा बसेको सुनाइन।दुई महिना काम गरेको धेरै थोरै तलब दियो,एक महिनाको तलब घर पठाए,बाँकी अलिकती बसुन्जेल खानलाई राख्या छ,काम सारो छ काम गर्न सकिँदैन,एजेन्टलाई फोन गर्दा फोन नी उठदैन।
यता यसै विषयमा नेपाल स्थित मणि लामालाई सम्पर्क गर्दा लामालाई सम्पर्क हुन सकेन।उनका भाइ भनिने मनोज राईले फोन उठाए।उनलाई यस बारे प्रश्न गर्दा उक्त महिलाहरु सल्लाहले नी इराक गएको बताए।इराकमा केही महिना काम गरेर पैसा नी पठाएछन त्यसपछी काम गरेनछ्न,त्यहाँ काम नगरेपछी उनीहरुलाई नेपाल फर्काउने नै हो राइले भने “अहिले रामदान भएकाले रामदान पछी नेपाल फर्काउने तयारीमा छ”।