Kanakai Online

झापा गाउँपालिकामा अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता सुरु।


मङ्गलवार, चैत ३१, २०७७ |

शरणामती,चैत्र ३१।झापा गाउँपालिका-७ भलिवल युवा परिवारको आयोजनामा अन्तर वडा स्तरिय भलिवल प्रतियोगीता आज देखि सुरु भएको छ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष नेत्र प्रसाद उप्रेतीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

स्थानिय रानी सामुदायिक वनको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाट्न खेल शरणामती भेट्रान र चन्द्रज्योती बिच भएको खेलमा २-१ को सेटमा चन्द्रज्योतीलाई हराउदै भेट्रानले जित हासिल गरेको थियो।त्यस्तै दोस्रो खेलमा २-० को सोझो सेटमा मदरगाछलाई पाखा लगाउदै शरणामतीले जित हासिल गरेको थियो।आजै भएको तेस्रो खेलमा २-० को सोझो सेटमा फुलगाछीलाई हराउँदै कार्की ब्रोदर्सले आफ्नो कब्जा जमाएको थियो।

प्रतियोगीताको सेमिफाइनल चरणका खेल पनि आजै सम्पन्न भएका छन।जसमा आयोजक टिमले २-० को सोझो सेटमा शरणामती भेट्रानलाई पराजित गर्दै अन्तिम दुइमा स्थान सुरक्षित गरेको छ।त्यस्तै शरणामती संग रोचक प्रतिषपर्धा गरेको कार्की ब्रदर्सले भने हार टाल्न सकेन।२-१ को सेटमा शरणामतीले ब्रदर्सलाई हराउँदै अन्तिम दुइमा स्थान सुरक्षित गरेको छ।

प्रतियोगिताको फाइनल खेल आउँदो बिहिबार हुने आयोजकले जनाएको छ।फाइनल खेलकै दिन दुई महिला टिमको समेत सहभागीता हुने रोहित कार्कीले बताउनु भयो।झापा गाउँपालिका र स्थानियको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा वडाका ७ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजारसहित टर्फी र मेडल पाउने छन भने उपबिजेता टिमलाई नगद ७ हजार ५ सय सहित ट्रफी र मेडल प्रदान गरिने खेल समिती संयोजक बाल कुमार कार्कीले जानकारी दिनुभएको छ ।

प्रमुख अतिथी उप्रेतीले गाउँपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको खुसी व्यक्त गर्नुभयो।उहाँले स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ भन्दै ग्रामिण क्षेत्रबाट पनि खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना गरिदै लानु पर्नेमा जोड दिनुभयो।

सम्बन्धित खबर