कनकाई अनलाईन
झापाको सुरुङ्गामा ३ सय वढी स्वदेशी विदेशी परिकारको साथमा स्टार होटलकै हैसियातमा होटल क्वीन प्यालेस खुलेको छ ।
यस क्षेत्रका युवा व्यावसायी बिजय गजुरेलले सुविधा सम्पन्न होटलको संचालन गर्नुभएको हो । स्वदेशी र विदेश ओरजिनल स्वादका पारखीहरुलाई लक्षित गरि होटल संचालनमा ल्याइएको र विदेशबाट नेपालका पूर्वी क्षेत्र भ्रमणका लागि आउने पाहुनाका लागि होटल संचालनमा ल्याइएको होटल संचालक गजुरेलले बताउँनुभयो । होटलको विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो । पोखरेलले यस क्षेत्रको मात्रै नभएर स्वादका पारखी स्वदेश तथा विदेशी पाहुनाहरुका लागि होटल क्वीन प्यालेस आकर्षणको केन्द्र भएको बताउँनुभयो । होटलले यस अघि समेत सामाजिक उत्तरदायित्वमा समेन भुमिका खेलेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया, लगायातले होटल देशभरकै उत्कृष्ट बन्नका लागि शुभकामना दिनुभएको भएको थियो । होटल विदेशी विरेनी, दार्जिलिङ्गको मम लगायातका खाद्य पारखीहरुलाई लक्षित गरेर सम्बन्धित क्षेत्रकै कुक र सेफको प्रयोग गरेर सुरुङ्गामा होटल खोलेको संचालक गजुरेलले बताउँनुभयो ।
करोडौको लगानीमा सुरु गरिएको होटलमा गजुरेलले पार्किङ्ग सहितका भिआइपी होटल संचालनमा ल्याउनुभएको हो । होटल होटल वढी सुविधा सम्पन्न र खानेकुराको ओरिजिनल टेष्ट प्रदान गरिएपनि मुल्य भने अन्य सामान्य होटलकाझै राखिएको होटल संचालक गजुरेलले बताउँनुभयो । होटल पर्यटकिय नगरि सुरुङ्गामा खुलेपनि आफ्ना ग्राहक नेपाल बाहिर भारतको सिक्किम दार्जिलिङ्ग, कलकत्ताका साथै बंगलादेश र भुटानका ग्राहकहरु होटलमा ओरजिनल टेष्ट लिन आउने होटल संचालक गजुरेलले बताउँनुभयो । कार्यक्रम गर्नका लागि एसी हल सहितको सुविधा रहेको होटलमा
पारिवारिक वातावरणका लागि छुट्टै व्यावस्थापन गरिएको छ भने होटल आज चैत उद्घाटनको एक सातासम्म राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, मेलिना राई लगायातको बेजोड प्रस्तुती रहने छ ।