Kanakai Online

रामचन्द्र पौडेलका भाइको निधन भएपछि केन्द्रीय समिति बैठक स्थगित


सोमवार, चैत ३०, २०७७ |

काठमाडौँ, ३० चैत ःनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।(रासस)

सम्बन्धित खबर