कनकाई अनलाईन
सुरुङ्गा । आज सोमवार चैत ३० गते हुने निर्वाचनमा कनकाई सामुदायिक वनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राप्रपाको सयुक्त गठबन्धनलाई एमालेका ख्याम ओली र विवेकशीलका नारायण ओलीले कडा टक्कर दिदै छन ।
विवेकशीलका ओली यसअघि पनि सुरुङ्गामा अस्तित्वमा रहेका सबै दलहरु एकतिर हुदा झिनो मतले निर्वाचन हारेका उम्मेद्धार हुन । तर त्यसवेला आफ्नै दलप्रति रिस राख्ने मतदाताहरुको ओलीलाई गतिलो साथ थियो र भर्खर स्थानीय निर्वाचनमा गरेका घात अन्र्तघाटहरुको वदला त्यसवेला दलको तर्फबाट उठेका एकमात्र उम्मेद्धार ख्याममाथि पोख्न पाएका थिए । तर यस पटक भने सबै उम्मेद्धार आआफ्ना दलका झण्डामुनि रहेर उम्मेद्धार दिएका छन । यति सम्मकी सामाजिक संघ संस्थामा राजनितिको गन्ध आउनु हुन्न र आफ्ना दलको भातृ संगठन समेत नखोल्ने बताउँदै आएको विवेकशीलले समेत आफ्नो प्यानलै उम्मेद्धारी दिएको छ ।
४ दलको समर्थनमा उम्मेद्धारी दिएका कांग्रेसका सन्तोस रायमाझिको प्यानलले आफ्ना कार्यकर्ता र सुभचिन्तकहरुको मतको कसरी रक्षा गर्छन । ख्याम ओलीको विकासको नारालाई मतदाताले कसरी लिन्छन र नारायण ओलीले यस अघिको वनको निर्वाचनमा देखाएको करिस्मा भोलीको चुनावमा पनि के देखाउलान त ?? यसैमा छिनोफानो हुने छ । कनकाई सामुदायिक वनको निर्वाचन । नतिजा कुर्न वाहेक कुनै हामीसँग विकल्प छैन ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान