कनकाई अनलाईन
तपाईहरुले विदेशमा विरेनी, दार्जिलिङ्गको मम लगायातका खाद्य पारखीहरुलाई लक्षित गरेर झापाको सुरुङ्गामा होटल क्वीन प्यालेस खुलेको छ ।
करोडौको लगानीमा यस क्षेत्रका युवा व्यावसायी विजय गजुरेलले पार्किङ्ग सहितका भिआइपी होटल संचालनमा ल्याउनुभएको छ । यस अघि खुलेको होटल हायातलाई थप परिमार्जित गरेर होटल क्वीन प्यालेस संचालनमा आएको हो । होटल वढी सुविधा सम्पन्न र खानेकुराको ओरिजिनल टेष्ट प्रदान गरिएपनि मुल्य भने अन्य सामान्य होटलकाझै राखिएको होटल संचालक गजुरेलले बताउँनुभयो । होटल पर्यटकिय नगरि सुरुङ्गामा खुलेपनि आफ्ना ग्राहक नेपाल बाहिर भारतको सिक्किम दार्जिलिङ्ग, कलकत्ताका साथै बंगलादेश र भुटानका ग्राहकहरु होटलमा ओरजिनल टेष्ट लिन आउने होटल संचालक गजुरेलले बताउँनुभयो । यसका लागि आफुले सम्बन्धित खाद्य परिकारका पोख्त सेफहरु सम्बन्धित देशबाटै ल्याइएको र खानेकुरामा कुनै सम्झौता नगरिएको संचालक गजुरेलले बताउँनुभयो ।
पारिवारिक वातावरणका लागि छुट्टै व्यावस्थापन गरिएको होटल आज चैत ३० गतेबाट संचालनमा आउदै छ । उद्घाटनको एक सातासम्म राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, मेलिना राई लगायातको बेजोड प्रस्तुती रहने छ ।