कनकाई अनलाइन
मदरगाछ,चैत्र २५ :झापा गाउँपालिका-७ को मदरगाछमा तेस्रो झापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।जनकल्याण मावि मदरगाछको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा झापा गाउँपालिकाका १३ विद्यालयका टीम सहभागी छन्।
प्रतियोगिताको पहिलो दिन महिला:पुरुष दौड प्रतियोगिता भएको छ।आउँदो २७ गते सम्म चल्ने प्रतियोगितामा कबड्डी,भलिवल साथै एथलेटिक्स अन्तर्गत सय मिटरको महिला पुरुष दौड, दुई सय मिटरको महिला पुरुष दौड, चार सय मिटरको महिला पुरुष दौड, ८ सय मिटरको महिला पुरुष दौड, १५ सय मिटरको महिला पुरुष दौड, ३ हजार मिटरको महिला पुरुष दौड हुने उपसमिति संयोजक पदम प्रसाद अधिकारीले जानकारी दिए।यस्तै, महिला र पुरुषको रिले दौडका साथै महिला र पुरुषको सटपुट, ज्याबिलङ थ्रो, लङजम्प, त्रिफलजम्प र हाइजम्प प्रतियोगिता हुने उनले बताए।
प्रतियोगिताको उद्दघाटन गर्दै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले खेलकुद क्षेत्रको विकास राष्ट्रको पहिचान हुनाले खेलकुदको बिकास गर्नु पर्नेमा जोड दिए।यस्तै झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले गाउँपालिकाले खेलकुद क्षेत्रको बिकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गरेको बताइन।
खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला प्रतियोगीतामा समावेश हुने शिक्षा साखा प्रमुख जीवन प्रसाद ढकाल बताए।
रोहित पोद्दारले संचालन गरेको उद्घाटन कार्यक्रममा स्रोत व्याक्ती खड्गप्रसाद खरेलले स्वागत मन्तब्य राखेका थिए।