झापा,चैत २१।झापा गाउँपालिका-२ वालुवाटारका दिल बहादुर लिम्बुको भान्सा घरमा आज साँझ ६;३० बजे आगलागी हुँदा करिव ४ लाख मूल्य बराबरको क्षती भएको छ।
भान्सा र गोठ संगै हुनाले भान्सा घरमा लागेको आगो सल्की गोठमा रहेका ३ वटा गाई बाच्छा र दुई सुँगुर जलेर नष्ट भएको प्रहरीले बताएको छ।लिम्बुको करिव ४ लाख मूल्य बराबरको क्षति भएको बताइएको छ।
हाल आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिइसकेका छन।