कनकाई सामुदायिक वनको निर्वाचनमा बन्यो तीन प्यानल


कनकाई अनलाईन
कनकाई सामुदायिक वन समुहको आगामी चैत ३० गते हुने निर्वाचनमा तीन पक्षिय भीडन्त हुने भएको छ । आज भएको उम्मेद्धारी मनोनयनमा दलिय हिसाबले नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राप्रपा सम्मिलित पार्टीहरुको समर्थनमा सन्तोस रायमाझिको नेतृत्वमा लोकतान्त्रिक सयुक्त प्यानल बनाएर चुनावमा होमिरहदा नेकपा एमाले समर्थित ख्याम ओली पनि आफ्नो छुट्टै प्यानल बनाएर चुनावमा होमिनु भएको छ । ओली हालका कार्यसमितिका समेत अध्यक्ष हुन । तर उनको प्यानलमा यस अघि निर्वाचन जितेका उपाध्यक्ष ललितबहादुर कार्की र सचिव मान्ता खरेल हाल कांग्रेसको प्यानलबाट निर्वाचनमा होमिनुभएको छ । रायमाझि प्यानलमा सहसचिवमा जसपाका केशव संग्रौलाले उम्मेद्धारी दिनुभएको छ भने कोषाध्यक्षमा राप्रपाका गोपीलाल पाण्डेले उम्मेद्धारी दिनुभएको छ । ख्याम ओलीको प्यानलबाट उपाध्यक्षमा हिरण्य राईलाई अघि सारेको छ भने सचिवमा मेनुका मैनालीलाई अघि सारेको छ यसैगरि सहसचिवमा चेतराज श्रेष्ठ र कोषाध्यक्ष श्रीप्रसाद खरेललाई अघि सारेको छ खरेल यसअघिको समितिमा सहसचिवको जिम्मेवारीमा रहनुभएको थियो ।
यता यस बर्ष साझा विवेकशील पार्टीका तर्फबाट नारायण ओलीको नेतृत्वमा तेस्रो प्यानलनै खडा गरेपछि यस पटकको नवौ कार्यसमितिको निर्वाचन थप रोच कबनेको छ । नारायण ओलीको प्यानलबाट उपाध्यक्षमा जीतबहादुर श्रेष्ठ, सचिवमा अम्बिका सुवेदी सहसचिवमा सचिन लामा र कोषाध्यक्षमा खड्गप्रसाद चुडाल निर्वाचनमा होमिनुभएको छ ।
यस अघि दुईवटामात्रै प्यानल बन्ने अड्कलबाजी गरिएको भएपनि त्रिपक्षिउ उम्मेद्धारी दिएर सबैजना चुनाव प्रचारमा निस्किएपछि नतिजा कस्तो आउने हो भन्ने थाहा पाउन आगामी चैत ३० गते राती कुर्नुको विकल्प छैन ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…

विर्तामोड, ६ बैशाख ।झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार…

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

प्रतिकृयाहरू